कर विवादमा एमालेले भ्रम फैलाउन खोजेको मेयर पौडेलको आरोप

न्युजलय १२ पुस २०८०, बिहिबार ०४:२० मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले करको विषयमा नेकपा एमालेका केहि नेताहरुले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । 

इटहरीमा पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्तीसमेत जनाएका छन् । भित्र एउटा सहमति गर्ने अनि बाहिर कुरा फेरेर एमालेले नाटक मन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन् । 

बुधबार दिउँसो १ बजेलाई तोकिएको १४ औँ नगरसभा बैठक स्थगित हुनुमा नेकपा एमालेका जनप्रतिनिधिहरु दोषी रहेको उनको भनाई छ । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिले अनुचित दबाब दिएको समेत आरोप लगाए । 

राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमाले जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा पार्टीको ह्विपमा अवरुद्ध गर्न खोजेपछि आफूले स्थगित गर्नुपरेको स्पष्टिकरण दिए । उनले आफूहरु कर घटाउने पक्षमा रहेपनि एमालेले दोहोरो चरित्र देखाएको र उपमहानगरपालिकालाई आफ्नै संगठन जसरी चलाउन आरोप लगाए ।

राम्रो काम गर्न नदिने एमालेले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन् । 

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।

इटहरीको नगरसभा स्थगित, एमालेले गर्यो विरोध

इटहरीमा बढाइएको कर घटाइने, नगरसभामा निर्णय गरेर लागु गरिने

कर घटाउनको लागि एमाले जनप्रतिनिधिले मागे विशेष अधिवेशन

इटहरी उपमहानगरपालिका कर घटाउन ‘अनिच्छुक’, समितिले प्रतिवेदनको ड्राफ्ट पनि बनाउन सकेन

इटहरी कर वृद्धि : दलहरु गैह्र जिम्मेवार भएको नागरिकको आरोप, एमाले जनप्रतिनिधिले मागे माफि

इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको विरोधमा प्रतिनिधिसभामा चौधरीले उठाए आवाज

कर तथा दस्तुर समायोजन गर्न पुर्व उपमेयरको सुझाव

इटहरीको कर घटाउन एमालेको अल्टमेटम, भन्यो, ‘उत्पन्न परिस्थितीको जिम्मेवार नगरप्रमुख’

कर विवाद समाधान गर्न उवासंघ इटहरीको पहल, उपमहानगरपालिकासँग छलफल गर्ने

के हो इटहरीको सम्पत्ती कर विवाद ? (भिडियो)