कर घटाउनको लागि एमाले जनप्रतिनिधिले मागे विशेष अधिवेशन

न्युजलय १५ मङ्सिर २०८०, शुक्रबार ०१:०२ मा प्रकाशित

इटहरी । राजस्व घटाउनका लागि इटहरीका नगर सभा सदस्यहरुले विशेष अधिवेशन माग गरेका छन् । 


नेकपा एमालेबाट निर्वाचित संसदीय दलका सदस्यहरुले नियमअनुसार २१ दिनभित्र विशेष अधिवेशनको माग गर्दै निवेदन दिएका हुन् ।


नेपाल संविधानको धारा २२७ तथा गाउँ नगर सभा सञ्चालन कार्यविधि ऐन २०७५ को दफा ३ को उपदफा ४ बमोजिम उनीहरुले विशेष अधिवेशन बोलाउन माग गरेका हुन् । एमाले संसदीय दलको उपनेता प्रमोद शेर्पा तथा सचिव उमेश सुवेदीले प्रमुख प्रशासकीय अधिकृत रामचरित मेहतालाई सदस्यहरुको हस्ताक्षरसहितको पत्र दिएका छन् ।


इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमार्फत् बढाएको कर समायोजन गर्न तथा घटाउनको लागि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले पटक पटक माग गर्दै आएका छन् । त्यसो त केही समयअघि उपमेयरको अध्यक्षतामा बैठक बस्ने चेतावनीसमेत दिएका थिए । तर उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल भने कर नघटाउने अडानमा छन् । 


कर समायोजनका लागि अध्ययन गर्न भन्दै केही समयअघि समितिसमेत बनेको थियो । कर घटाउनुपर्ने सुझावससहित समितिले प्रतिवेदन दिएको बताइएको छ । सोही प्रतिवेदनको सम्बन्धमा यसअघिको कार्यपालिका बैठकमा छलफल हुने कार्यसुचीमा भएपनि छलफल नहुँदै बैठक भाँडिएको थियो ।


इटहरी उपमहानगरपालिकाले चार सय प्रतिशतसम्म सम्पत्ती कर बढाएपछि नेपाली काँग्रेसबाहेकका राजनीतिक दल, नागरिक समाज तथा व्यवशायीहरुले कर घटाउन माग गर्दै आएका छन् । 

इटहरी उपमहानगरपालिका कर घटाउन ‘अनिच्छुक’, समितिले प्रतिवेदनको ड्राफ्ट पनि बनाउन सकेन

इटहरी कर वृद्धि : दलहरु गैह्र जिम्मेवार भएको नागरिकको आरोप, एमाले जनप्रतिनिधिले मागे माफि

इटहरी उपमहानगरपालिले वृद्धि गरेको करको विरोधमा प्रतिनिधिसभामा चौधरीले उठाए आवाज

कर तथा दस्तुर समायोजन गर्न पुर्व उपमेयरको सुझाव

इटहरीको कर घटाउन एमालेको अल्टमेटम, भन्यो, ‘उत्पन्न परिस्थितीको जिम्मेवार नगरप्रमुख’

कर विवाद समाधान गर्न उवासंघ इटहरीको पहल, उपमहानगरपालिकासँग छलफल गर्ने

के हो इटहरीको सम्पत्ती कर विवाद ? (भिडियो)