जागृति क्लबले गर्यो विभिन्न क्षेत्रका ६ जनालाई सम्मान

न्युजलय २२ कार्तिक २०८३, शनिवार ०८:५८ मा प्रकाशित

इटहरी । इटहरीको राष्ट्रिय जागृति क्लबले विभिन्न क्षेत्रमा योगदान दिने ६ जनालाई सम्मान गरेको छ । प्रत्येक वर्ष नृत्य प्रतियोगितासँगै आयोजना गर्दै आएको सम्मान कार्यक्रमअन्तर्गत यस पटक पनि सम्मान गरेको हो ।


स्रष्टा सम्मानअन्तर्गत गायिका लोचन भट्टराईलाई सम्मान गरिएको छ । यस्तै पत्रकारितातर्फ विनय बाह्रकोटी, पर्यटनकर्मीतर्फ तेजबहादुर पुरी, खेलाडीतर्फ दिवस बिष्ट,  र सबिज्ञा दाहाल, शिक्षासेवातर्फ रमेश शाह, संगीतकर्मीतर्फ श्याम सुनुवार सम्मानित भएका हुन् । 


उनीहरूलाई इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी, क्लबका संस्थापक अध्यक्ष रामकुमार सुब्बा, अध्यक्ष केशव कार्की तथा कार्यक्रम संयोजक रविन गौतमलगायतले सम्मान गरेका थिए । स्थानीयस्तरमा रहेर आ–आफ्नो क्षेत्रमार्फत समाजमा योगदान पुर्‍याउने प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको आयोजकले जनाएको छ ।