इटहरी । हालै वृद्धि गरिएको करको विषयमा उद्योग वाणिज्य संघ इटहरीले इटहरीउपमहानगरपालिकासँग छलफल गर्ने भएको छ । आइतबार संघ, संघ अन्तर्गतका विभिन्न वस्तुगत संगठन र नागरिक समाज इटहरीका प्रतिनिधिहरुको भेलाले यस्तो निर्णय गरेको हो ।
संंघका अध्यक्ष जीवन पराजुलीका अनुसार नागरिक तहबाट व्यापक जनगुनासो आएपछि संघले सो विषयमा समन्वयकारी भुमिका अघि बढाएको हो । छलफलका क्रममा बोल्ने वक्ताहरुले करको वृद्धि वास्तमै धेरै भएको भन्दै पुनर्विचार गर्न उपमहानगरपालिकासँग अनुरोध गर्नुपर्ने बताएका थिए । निर्णयअनुसार उपमहानगरपालिकामा ज्ञापनपत्रसमेत बुझाइनेछ ।
इटहरी उपमहानगरपालिकाले सम्पत्ती कर साढे तीन सय गुणासम्म बढाएपछि नगरवासीहरुले विरोध जनाएका छन् ।
इटहरीमा जग्गाको मूल्यांकन झण्डै चार गुणाले बढ्यो, सम्पत्ती करसमेत बढेपछि स्थानीय असन्तुष्ट
कर वृद्धि गरेपछि इटहरीका मेयर र उप मेयरलाई नागरिकको अनुरोध ‘सरकार हाम्रो घर जग्गा किनिदेऊ’