विद्यार्थीको पोशाकबारे बोल्यो नागरिक समाज, पुरानै पोशाक निरन्तरता दिन र विज्ञसँग सुझाव लिन आग्रह

न्युजलय १२ बैशाख २०८१, बुधबार १०:०० मा प्रकाशित

इटहरी । विद्यालयहरुमा पुरानै पोशाकलाई निरन्तरता दिन र शैक्षिक सुधारका लागि विज्ञहरुसँग बसेर योजना बनाउन नागरिक समाज इटहरीले उपमहानगरपालिकासँग आग्रह गरेको छ ।


शैक्षिक क्षेत्रमा सुधार गर्ने इटहरी उपमहानगरपालिकाको अठोटको समर्थन गर्ने तर आर्थिक मन्दिमा विद्यार्थीको पोषाक परिवर्तनले अभिभावकहरुमा आर्थिक बोझ बढाउने समाजले ठहर गरेको छ । धेरै अभिभावकहरु पोशाकमा एकरुपताको विपक्षमा रहेको समेत समाजले दावी गरेको छ । 


पोशाकमा एकरुपताले शिक्षाको गुणस्तर बढाउँछ भन्ने कुरासमेत स्वीकार्न गाह्रो भएको समाजले जनाउँदै समाजले बरु विद्यार्थीको अनुशासनात्मक क्रियाकलापमा प्रतिकुल प्रभाव पार्नेसमेत दावी गरिएको छ । 


‘विज्ञ तथा सरोकारवालाहरुसंग परामर्श लिई कुन कुन कुरामा कमि कमजोरी देखिएका छन् र के के कुरामा सुधार गर्नुपर्ने हो बैज्ञानिक र तथ्यगत ढंगबाट अध्ययन गरी शिक्षा सुधार अभियान प्रारम्भ गर्न नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलाई नागरिक समाज इटहरी हार्दिक अनुरोध गर्दै गम्भिर ध्यानाकर्षण गराउँदछौं,’ समाजकी अध्यक्ष बालिका भट्टराईले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 


नगर कार्यपालिकाका सदस्यहरु नै पोशाकमा एकरुपताको विरोधमा रहेको जनाउँदै सबैसँग छलफल गरेर अघि बढ्न समाजले आग्रह गरेको छ । यस्तै शिक्षा सुधारको नाममा हालको विवादले इटहरीको शैक्षिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको र यसले नगरवासीलाई नै असर गर्ने भन्दै जिम्मेवार भएर अघि बढ्न आग्रह गरेको छ । 

‘निजी विद्यालयलाई साथै लिएर हिड्छु, कीर्ते गरेको आरोप निराधार’ : मेयर पौडेल

इटहरीका एमाले जनप्रतिनिधिको आरोप, ‘शिक्षा ऐन र ओएनएममा कीर्ते गरियो’

अदालती इतिहासमै नौलो घटना : सरकारको ऐन नै दुई खालको पुगेपछि