स्थानीय तह स्वमूल्यांकन : सुनसरीमा बराहक्षेत्र उत्कृष्ठ, प्रदेशमा सुर्योदय

न्युजलय ८ भदौ २०८२, आइतबार ०८:४९ मा प्रकाशित

इटहरी । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मा सुनसरीको बराहक्षेत्र नगरपालिका तेस्रो पटक जिल्लामै उत्कृष्ठ भएको छ । 


नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजामा बराहक्षेत्र सुनसरीमै उत्कृष्ठ भएको यो लगातार तेस्रो वर्ष हो । 


बराहक्षेत्रले १०० पूर्णाङ्कमा ८५.७५ अङ्क पाएको हो । 


सुनसरीमा बराहक्षेत्रपछि भोक्राहा गाउँपालिकाले ८०.५०, दुहबी नगरपालिकाले ८०.२५ अंक ल्याउँदै दोस्रो र तेस्रो भएका छन् भने इटहरी उपमहानगरपालिकाले ८० अंक ल्याएर चौथो भएको छ । धरान उपमहानगरपालिकाले ७७.५०, हरिनगर गाउँपालिकाले ७३, इनरुवा नगरपालिकाले ७१.२५, गढी गाउँपालिकाले ७१, बर्जू गाउँपालिकाले ६८.५०, कोशी गाउँपालिकाले ६४, देवानगञ्ज गाउँपालिकाले ५६ र रामधुनी नगरपालिकाले ५३.५० अङ्क प्राप्त गरेका छन् ।


प्रदेश भरीमा इलामको सुर्योदय उत्कृष्ठ भएको छ । जसले ९०.५० अङ्क पाएको छ । यस्तै इलामकै इलाम नगरपालिका ९० अंकसहित दोस्रो भएको छ भने ८७.२५ अङ्कसहित विराटनगर महानगरपालिका तेस्रो भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चौथो स्थान पाएको छ ।