नेप्से ५ अंकले घट्यो

न्युजलय १७ बैशाख २०८३, बिहिबार ०३:३१ मा प्रकाशित

काठमाडौँ ।शेयरबजार परिसूचक नेप्से बिहीबार थप ५ अंकले घटेको छ । अघिल्लो दिन बुधबार २५.८१ अंकले घट्दै २ हजार ७४४.४५ अंकमा झरेकोमा आज थप ५.७३ अंकले घट्दै २ हजार ७३८.७२ अंकमा झरेको हो । 

आज कारोबार रकममासमेत गिरावट आउँदै जम्मा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।

अघिल्लो दिन २५ अंकमाथिले नेप्से घटेको बजारमा ४ अर्ब ९५ करोड ४६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २१ लाख ४ हजार कित्ता शेयर कारोबार भएको थियो ।