घट्यो सुनचाँदीको मूल्य

न्युजलय १७ बैशाख २०८३, बिहिबार ११:२१ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार ८०० ले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९२ हजार ७०० कायम भएको छ । 

त्यस्तै चाँदी १०५ ले घटेर चार हजार ८१० कायम भएको छ ।