झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन् ।
दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।