त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले दिए राजीनामा

न्युजलय १७ बैशाख २०८३, बिहिबार ०२:४३ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिएका छन् । 

बालेन्द्र शाह नेतृत्वको सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश अघि बढाएपछि त्रिविका पदाधिकारीले बिहीबार राजीनामा दिएका हुन् । 

आफूसहित त्रिविका उपकुलपति प्रा.डा दीपक अर्याल र रजिस्ट्रार प्राडा. केदारप्रसाद रिजालले राजीनामा दिएको शिक्षाध्यक्ष प्राडा. खड्ग केसीले जानकारी दिए । 

विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था छ ।

सरकारले विगतमा राजनीतिक रूपमा नियुक्ति र मनोनयन भएका सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ । तर, राष्ट्रपति पौडेलले यसमा निर्णय गरिसकेका छैनन् ।