काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएका छन् ।
स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएको बताइएको छ । मधुमेहको समस्या देखिपछि उनी बुधबार अस्पताल भर्ना भएकी थिइन् ।
उनलाई घरमै आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् ।