इटहरी । नेपाल रेडक्रस सोसाइटी इटहरीको नव निर्मित भवनको उद्धघाटन गरिएको छ । २७ औ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा इटहरी ४ मा निर्मित भवन उद्घाटन गरिएको हो ।
इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको उद्घाटन गरेका हुन् । यहाँ रहेको तीन कठ्ठा जग्गामा एक तले भवन, सवारी चालक बस्ने घर, एम्बुलेन्स र शववाहन राख्ने ग्यारेजलगायतका पुर्वाधार निर्माण गरिएको हो । इटहरी उपमहानगरपालिकाको १५ लाख रुपैया सहयोग गरेको भवन निर्माणमा कुल एक करोड १७ लाख रुपैया खर्च भएको छ ।
भवन निर्माणको लागि धेरैजसो रकम यशस्कर र विशिष्ट सदस्य बनाएर जुटाइएको थियो । विगत एक वर्षमा ९३ जना यसस्कर सदस्य र ५३ जना विशिष्ट सदस्य थप गरिएको छ । यशस्कर सदस्यहरुसँग एक लाख र विशिष्टसँग २५ हजार रुपैया संकलन गरी कुल एक करोड ६ लाख रुपैया संकलन भएको उनले जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश सभापति नरेन्द्र पोख्रेल तथा सुनसरी जिल्ला शाखा उपसभापति मुकुल कायस्थ थिए ।
उक्त कार्यक्रममा रेडक्रसका यसस्कर, विशिष्ट सदस्यहरु लाई प्रमाणपत्र तथा रेडक्रस पिनबाट सम्मानसमेत गरिएको थियो । यस्तै निःसहाय बाल आश्रमकी सञ्चालिका गीता गौतमलार्इ पाँच हजार रुपैयासहित सम्मान गरिएको थियो ।
इटहरी रेडक्रसले दुई वर्षमा पायो ८० बढी यशस्कर सदस्य र नयाँ भवन (भिडियोसहित)