धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नगर अस्पतालको जग्गा फिर्ताका लागि पत्राचार गरेका छन् । उपमहानगरपालिकाको लेटरप्याडबाट संघीय सरकारको स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा प्रयोग गरेको भाषा लाजमर्दो छ ।
अनौपचारिक स्टाटस शैलीमा साम्पाङले पत्र लेखेका छन् । पत्रमा लेखिएको छ, ‘उपर्युक्त सम्बन्धमा धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला । धन्यवाद ।’
पत्रको बोधार्थ प्रधानमन्त्रीको कार्यालयलाई पठाइएको छ ।