इटहरीमा बाढीले बगाएर बेपत्ता अर्का पुरुष पनि मृत फेला

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०३:१६ मा प्रकाशित

इटहरी । मंगलबार दिउँसो बाढीले बेपत्ता भएका इटहरी २ शान्तिनगरका ३१ वर्षीय सन्तोष तिवारी (योगेन्द्र) मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार विहीबार बिहान इटहरी १ आँपगाछी नजिकै नालामा उनी मृत फेला परेका हुन् । 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ।

यसअघि पनि इटहरीका एक वृद्ध इटहरी ७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको शव भेटिएको थियो । बाढीमा परी इटहरीमा अझै केही बेपत्ता भएको बताइएपनि प्रहरीले भने आधिकारीक जाहेरी दर्ता नभएकोले संख्या यकिन नभएको जनाएको छ ।

इटहरी आर्मी क्याम्प अगाडी एक वृद्धको शव फेला

इटहरीमा बाढीबाट मृत्यु भएकाको परिवारलाई २५ हजार, विस्थापितलाई तत्काल राहत