सुनको मूल्य बढ्यो

न्युजलय २० कार्तिक २०८३, बिहिबार ११:५१ मा प्रकाशित

 काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य प्रतितोला १३ हजार ३०० र चाँदी प्रतितोला २६५ रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदी प्रतितोला ३ हजार ९२० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।