काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले तिहारअन्तर्गत पर्ने चाडपर्वको साइतबारे जानकारी दिएको छ।
समितिका अनुसार, यस वर्ष कात्तिक २० गते धनत्रयोदशी (धन्तेरस) रहेको छ।
त्यस्तै, कात्तिक २१ गते काग तिहार परेको छ भने कात्तिक २२ गते कुकुर तिहार, लक्ष्मीपूजा र सुखरात्रि रहेको छ। गाईपूजा भने कात्तिक २३ गते परेको छ।
यसैगरी, कात्तिक २४ गते गोबर्द्धनपूजा, गोरुपूजा, बलिपूजा, म्हपूजा रहेका छन् भने यहि दिन नेपाल सम्वत ११३७ सुरु हुनेछ।
भाइटीका कात्तिक २५ गते परेको छ। भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे रहेको पञ्चांक निर्णायक समितिले जनाएको छ। समितिका अनुसार, पश्चिम मोहडा अर्थात दाजुभाइ पश्चिम फर्केर तथा दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन उपयुक्त रहेको छ।