इटहरी । इटहरी आर्मी क्याम्प अगाडी एक वृद्धको शव फेला परेको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा इटहरी ७ तुलसाटोलका ७१ वर्षीय चन्द्रमणि काफ्लेको शव फेला परेको हो ।
वृद्धलाई मंगलबार आएको बाढीले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
शव पोस्टमार्टमका लागि धरानस्थित वीपी प्रतिष्ठानमा लैजाने तयारी भैरहेको प्रहरीले जनाएको छ ।