काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ।
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ७५ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउ आज तोलामा २० रुपैयाँ घटेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ।