सेयर बजारमा सुधार

न्युजलय १८ कार्तिक २०८३, मङ्गलबार ०३:४३ मा प्रकाशित

काठमाडौं ।  मंगलबार नेप्से परिसूचक एकल अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको हो।

यसअघि सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

नेप्से बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज ३४९ वटा स्क्रिप्सको १ करोड  ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ करोड ११ लाख  ४२ हजार ५२३ रुपैयाँमा खरिदबिक्री भए।