इटहरी । इटहरीस्थित जनता माध्यमिक विद्यालयको स्थापना दिवसमा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् ।
आउँदो माघ १५ गते मंगलबार हुने विद्यालयको ६८ औं स्थापना दिवस तथा अभिभावक भेलामा भण्डारी आउन लागेकी हुन् । उनले नव निर्मित १२ कोठे भवनको उद्घाटनसमेत गर्नेछिन् । राष्ट्रपति भण्डारीले भवन उद्घाटन गर्नुका साथै अविभावकहरुलाई सम्बोधन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिए ।
इटहरीको पुरानो विद्यालयमध्ये एक रहेको जनता माविले पछिल्लो समय भौतिक पुर्वाधार थप गर्दै विद्यालयको अवस्थालाई निरन्तर सुधार गर्दै लगेको छ । सोही क्रमममा थपिएको १२ कोठाको भवन उद्घाटन गर्न लागिएको दंगालले बताए । उनका अनुसार विद्यालयसँग अझैपनि भवनको अभाव छ । भवन र कक्षाकोठा नभएकै कारण वर्षेनी ८ सय बढी विद्यार्थी भर्ना नपाएर निराश भएर फर्कने गरेको उनी बताउँछन् ।
विद्यालयका प्रिन्सिपल पशुपति सिग्देलका अनुसार विद्यालयले विद्यार्थी भर्ना गर्दा इन्ट्रान्स परिक्षा लिने गरेको छ । अघिल्लो पटक चार सय विद्यार्थीका लागि लिइएको इन्ट्रान्समा एक हजार दुई सय बढी विद्यार्थीले फर्म भरेका थिए । पुर्वाधारमा सुधार गर्न सके धेरैभन्दा धेरै विद्यार्थीलाई पढाउन सकिने उनी बताउँछन् ।
कक्षा १२ सम्म गरेर अहिले विद्यालयमा तीन हजार बढी विद्यार्थी अध्ययनरत छन् ।
अविभावकहरुका अगाडी उभिएर जनता स्कुलका अध्यक्षको प्रष्टिकरण, ‘तपाइहरुको सहयोगविना विद्यालय चल्दैन’
इटहरीको जनता माविद्वारा पुर्वमै उत्कृष्ठ नतिजा ल्याएको दावी
जनता स्कुलले कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना लिने