बाबुको खुकुरी आक्रमणबाट छोरी घाइते

न्युजलय ४ बैशाख २०८२, बिहिबार ०१:०७ मा प्रकाशित

सोलुखुम्बु । बाबुको खुकुरी आक्रमणबाट घाइते भएकी थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमकी ५ वर्षीया बालिकाको थप उपचारका लागि गाउँपालिकाले हेलिकप्टर चार्टर गरी काठमाडौं पठाएको छ । 

बिहीबार बिहान ३२ वर्षीय बाबु चामकुमार तामाङले खुकुरी प्रहार गरी घाइते भएकी छोरी पवित्रा तामाङको थुलुङ दूधकोशी अस्पतालले काठमाडौं रेफर गरेपछि पालिकाकै खर्चमा हेलिकप्टर चार्टर गरी काठमाडौं पठाएको हो ।

स्थानीय सरकारले हेलिकप्टरमार्फत उपचारका लागि उद्धार गरेको पालिका अध्यक्ष असिम राईले बताए । 

बाबुले खुकुरीले छोरीलाई आक्रमण गरी भागेका थिए । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।