क्यानडामा भीषण आँधी, हजारौले छोडे घर

न्युजलय ३१ कार्तिक २०७८, बुधबार ०२:२८ मा प्रकाशित

काठमाडौँ । क्यानडाको भान्कुभरमा भीषण आँधी आएको छ । अधिकारीहरुले उक्तआँधीलाई ‘शताब्दीमा एक पटक हुने मौसमी घटना भनेका छन् ।’

आँधी पछिको बाढीबाट क्षतिपुगेपछिपश्चिमी तटमा रहेको भान्कुभारसम्मजाने २ वटा सडकमार्ग बन्दगरिइको बीबीसीले जनाएको छ । सोमबार आएको आधीका कारण हजारौ मानिस घर छाड्न बाध्य भएको समाचारमा उल्लेख छ । 

सोमबार भान्कुभरबाट १२० माइलमा अवस्थित मेरिटका ७ हजार बासिन्दालाई घर छोडेर अन्यन्त्रजान भनिएको थियो ।

वर्षा र हावाहुरी मंगलबार अपरान्हसम्म रोकिएको भएपनि कयौ मानिसहरु अझै अलपत्र परिरहेका छन् । सडक मार्गमा आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको र कम्तिमा दुईजना हराइरहेको उद्दारकर्ताले बताएका छन् ।