तमोर नदी किनारमा वेवारिसे शव फेला

न्युजलय १० माघ २०८१, बिहिबार १२:२१ मा प्रकाशित

पाँचथर । पाँचथर र तेह्रथुम भएर बग्ने तमोर नदीको किनारमा वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

पाँचथरको तुम्बेवा गाउँपालिका १ र तेह्रथुमको छथर गाउँपालिकाको सिमानामा पर्ने घाटमा बालुवाको ढिम्कामाथि करिब ३० वर्षीय पुरुषको शव फेला परेको हो ।

बुधबार स्थानीयले शव देखेपछि प्रहरी चौकी नावा खोलामा खबर गरेका थिए । खबर पाउना साथ अस्थायी प्रहरी पोष्ट नावाखोला र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेका प्रहरी टोलीले उद्वार गरेर पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ ।

शवको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।