इटहरीमा करेन्ट लागेर वृद्धको मृत्यु

न्युजलय ६ साउन २०८२, सोमबार ०३:२५ मा प्रकाशित

इटहरी । इटहरी –८ स्थित पाथीभरा टोलमा करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ।

स्थानीय ७२ वर्षीय तिलक चौधरी सोमबार बेलुका आफ्नै घरको प्यासेजमा साउण्ड सिस्टमको चुडिएको तार मर्मत गर्दै प्लगमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

घटनापछि स्थानीयले इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए।

खबर प्राप्त हुनासाथ सामुदायिक प्रहरी बिट गैसारबाट खटिएको प्रहरी टोलीले उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाएपनि राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।