दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको उत्परिवर्तित नयाँ भेरिअन्टले बढायो चिन्ता

न्युजलय ११ मङ्सिर २०७८, शनिवार ०८:४६ मा प्रकाशित

बिबिसि । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ।


नयाँ भेरिअन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएका छन्। उनीहरूले अहिले प्रयोगमा आएका कोरोनाभाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्।


पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।


विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दैछन्।


यसैबीच, ब्रिटेनले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। ब्रिटिश स्वास्थ्यमन्त्री शाजिद जावेदले यूकेमा ती उत्परिवर्तित भाइरसका बिरामी नदेखिए पनि वैज्ञानिकहरू गहिरो रूपमा चिन्तित रहेको बताएका छन्।

 

बीबीसी संवाददाता जेम्स ग्यालहरले अहिलेसम्म भएका भाइरसका उत्परिवर्तनमध्ये यो पछिल्लो उत्परिवर्तन सबैभन्दा अत्यधिक भएको बताएका छन्।


उनले भाइरसमा उत्परिवर्तन भएको सूची लामो भएका कारण एकजना वैज्ञानिकले यसलाई भयानक भनेर व्याख्या गरेको बताए।


अर्का वैज्ञानिकले चाहिँ यो भेरिअन्ट आफूहरूले देखेमध्येको खराब भएको बताएका छन्।


नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण थप क्षेत्रमा फैलिएका सङ्केतहरू पनि छन्।

   

त्यसो भए, हामीलाई के थाहा छ ?

यो भेरिअन्ट द्य।ज्ञ।ज्ञ।छद्दढ हो र यसलाई ग्रीक नाम अल्फा र डेल्टा भेरिअन्टजस्तै विश्व स्वास्थ्य सङ्गठनले कुनै कोड नाम शुक्रबार दिने ठानिएको छ।


यो आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित पनि छ। दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टहरूभन्दा यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह देखिएको बताए।


सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिनमा भएको बताए।


धेरै खोपले स्पाइक प्रोटिन भनिने शरिरको कोषमा टाँसिने भाइरसलाई निसाना बनाएका हुन्छन्, त्यहाँबाट भाइरसले शरीरका कोषमा छिर्ने मार्ग बनाउँछ।


धेरै उत्परिवर्तनहरू खराब नै हुँदैनन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो। तर अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ।


त्यसको अर्थ सुरुमा देखिएको भाइरसविरुद्ध बनेका खोप नयाँ देखिएको भाइरसको प्रकारका लागि प्रभावकारी नहुन पनि सक्छन्।