सङ्खुवासभा । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुणतेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेल रहेका छन् ।
सङ्खुवासभा प्रहरीका अनुसार चिचिला गाउँपालिका–३ स्थित अरुणतेस्रो परियोजनाको अडिट थ्रीस्थित सोलाखानीको सुरुङभित्र उनलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।