विराटनगर । मोरङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका– ७ नयाँवस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठ छन् । उनलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालकृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।