खोटाङमा जङ्गलभित्र युवायुवती मृत फेला

न्युजलय १५ फाल्गुण २०८१, बिहिबार ११:१७ मा प्रकाशित

खोटाङ । खोटाङमा जङ्गलभित्र युवायुवती मृत भेटिएका छन् । जिल्लाको बराहपोखरी गाउँपालिका–१ स्थित डाँडाखर्कमा एक युवक र युवती मृत भेटिएका हुन् ।

डाँडागाउँका करिब २२ वर्षीया सरिता बिष्ट (बस्नेत) र सोही ठाउँका २० वर्षीय शिखर बस्नेत मृत भेटिएका हुन् ।

सरिताका घाँटीमा धारिलो हतियार प्रहार भएकोजस्तो देखिएकाले घटना शङ्कास्पद बनेको छ । प्रहरीका अनुसार सरिताको शव रहेको करिब २५ मिटर तल रूखमा झुण्डिएको अवस्थामा शिखरको शव फेला परेको हो ।

घटनाबारे अनुसन्धान भएपछि मात्रै यसको कारणबारे खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।

घटनाबारे प्रारम्भिक अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।