ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ आहालेका २२ वर्षीय मनकुमार बिकले आफ्नै भाइको हत्या गरेका छन् ।
शुक्रबार साँझ सामान्य विवादका क्रममा दाजु मनकुमारले २० वर्षीय रोशन बिकमाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै रोशनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले आरोपित मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको हो ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा राखी थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।