‘नो केबलकार समूह’का अगुवा प्रदीप मादेन पक्राउ

न्युजलय १५ माघ २०८१, मङ्गलबार १२:०६ मा प्रकाशित

झापा  । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले  ‘नो केबलकार समूह’ का एक अगुवा प्रदीप मादेनलाई पक्राउ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा मादेनलाई मंगलबार बिहान पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।

पाथीभरामा भएको झडपमा मादेनले आन्दोलनकारीको नेतृत्व गरेको प्रहरीको आरोप छ। प्रहरीले मादेनलाई फुङलिङको कोप्चेबाट पक्राउ गरेको हो ।

उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ ।