इटहरी । नेकपा (एमाले) इटहरी उपमहानगर कमिटीले सोमबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागी स्वयंसेवकहरूबाट ७० पिन्ट रगत संकलन गरिएको संयोजक उमेश दाहालले जनाएका छन् ।
कार्यक्रममा पार्टीका नेता, कार्यकर्तासहित स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। आयोजक कमिटीका अनुसार संकलित रगत स्वास्थ्य संस्थामार्फत आवश्यक बिरामीलाई उपलब्ध गराइने छ।