खोटाङ । खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ नास्तुमका ५५ वर्षीय गंगाप्रसाद ढकाल रहेका छन् ।
घर नजिकै बारीमा काम गरिरहेको बेला बिहीबार दिउँसो चट्याङ लागेर ढकालको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।