‘नो केबलकार’ समूहको बन्दले पूर्वी पहाडी जिल्लामा यातायात प्रभावित

न्युजलय १५ माघ २०८१, मङ्गलबार ०२:२३ मा प्रकाशित

विराटनगर । ‘नो केबलकार’लगायत ६ संगठनले मंगलबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरेका कारण ताप्लेजुङ लगायत पुर्वी जिल्लामा यातायात सेवा प्रभावित भएको छ ।

ताप्लेजुङ लगायत पाथीभरा क्षेत्र (मुकुम्लुङ)मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार समूहले आजबाट अनिश्चितकालीन यातायात बन्द घोषणा गरेका छन् ।

मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुम हुँदै मंगलबार बिहान झापा, मोरङ, सुनसरीको धरान जाने पुर्वी पहाडी क्षेत्रमा यातायातका साधनहरू चल्न सकेका छैनन् ।