हलेसीमा आगलागी : करिब साढे ७ करोडको क्षति, मेयरले गरिन् सहयोग अपिल

न्युजलय ५ फाल्गुण २०८१, सोमबार ०६:१२ मा प्रकाशित

खोटाङ । पूर्वको पशुपतिनाथ भनेर परिचित त्रिधार्मिकस्थल हलेसीमा भएको आगलागीबाट साढे ७ करोडको क्षती भएको छ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. ७ महादेवस्थानस्थित बजारमा भएको आगलागीमा परी उक्त क्षती भएको मेयर विमला राईले जानकारी दिइन् ।


पिडीतहरुलाई राहत दिनका लागि २ महिनासम्म आर्थिक सहयोग उठाउने अभियान चलाउने सर्वपक्षीय सहमती भएको छ । पीडितहरुको राहतका लागि मेयर राईले सबैसँग आग्ह गरेकी छिन् । 


अग्नी पिडितहरुलाई राहत तथा आर्थिक सहयोग गर्न नगरपालिकाले माछापुच्छ्रे बैंक हलेसी शाखामा रहेको नगरपालिकाको विपत व्यवस्थापनको खाता ९खाता नंड्ड स्( ण्ठण्ण्ण्टछण्ढज्ञठण्ण्ज्ञटद्द, ब्अअयगलत ल्बmभ – ज्ब्।त्ग्।ल्ब्।एब् न्ब्(ठ(द्द एच्ब्प्इए द्यथ्ब्द्यब्क्त्ज्ब्० मा सहयोग पठाउन अपिल गरिएको छ ।


आइतबार साँझ स्थानीय पदमसेर राईको भान्छाबाट खाना पकाउने ग्यास चुहावट भई ३ तले पक्की भवन जलेको थियो भने प्रकाश चन्द्र गिरी र भरण राईको पक्की घरमा समेत आंशिक क्षती पुगेको थियो ।