विराटनगरमा कर्फ्यू

न्युजलय २४ भदौ २०८२, मङ्गलबार ११:५३ मा प्रकाशित

विराटनगर । जेनजी प्रदर्शन चर्किँदै गएपछि विराटनगरमा कर्फ्यू आदेश जारी भएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी इनद्रदेव यादवले मंगलबार कर्फ्यू आदेश जारी गरेका हुन्।

आदेश अनुसार प्रदेश सभा पुर्वमा नेपाल राष्ट्र बैंक, पश्चिममा कोशी अस्पताल चोक,  मुख्यमन्त्री कार्यालय उत्तरमा रोडशेष चोक, दक्षिणमा जतुवा चोक (कोभिड अस्पताल नजिक),  मुख्यमन्त्री निवास ९ उत्तरमा रोडशेष, दक्षीणमा सिचाई मन्त्रालय जाने बाटो तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय उत्तरमा शनिहाट, दक्षिणमा टेलिकम जाने मोड पश्चिममा गोल्छा आँखा अस्पताल,  बिराटनगर महानगरपालिका पुर्वमा शनिहाट चोक, उत्तरमा बिराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोक ,  प्रदेश प्रमुख कार्यालय पुर्वमा नहर, पश्चिममा कोशी राजमार्ग ,  प्रदेश प्रमुख निवास उत्तर मदननगर आवि, दक्षिण मानगढ खानेपानी, पश्चिममा नहर वरपरको ३०० मिटर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।

कर्फ्यू बिहान ११ बजेदेखि राति १० बजेसम्म जारी रहनेछ।