इटहरी । इटहरीस्थित कस्तुरी कलेजले ४ वर्षे बिआइटी कार्यक्रम ल्याएको छ ।
व्यवस्थापन विषयमा कोशी प्रदेशमै उत्कृष्ठ नतिजा ल्याइरहेको कलेजले यसै शैक्षिक सत्रदेखि सूचना प्रविधि विषयमा चार वर्षे स्नातक तहको कार्यक्रम अध्यापन सुरु गर्न लागेको प्राचार्य कमलेश शर्मा पौडेलले जानकारी दिए ।
बिआइटी गरेका विद्यार्थीले तुरुन्तै रोजगार पाउने हुँदा बिआइटी विषयको माग र स्कोप राम्रो रहेको उनले जानकारी दिए । बीआइटी विषय पढ्नको लागि विराटनगर र काठमाडौ जानुपर्ने बाध्यताका बिचमा आफूहरुले यो कार्यक्रम ल्याएको बताउँदै उनले भने, ‘हामी बीआइटीमा इटहरीमै स्तरीय शिक्षा दिन्छौं, विद्यार्थीले अन्यत्र धाइरहनुपर्दैन ।’
जुनसुकै संकायबाट प्लस टु मा गणित विषय लिएर पास गरेका विद्यार्थीहरूले बीआइटी अध्ययन गर्न सक्नेछन् । बिआइटिको ४८ कोटामध्ये ५ जनाले छात्रवृत्ति पाउने कलेजका प्रोफेसर डा. केदार पौडेलले जानकारी दिए ।
कलेजले स्नातक तहमा बीबीए र बीबीएस पनि सञ्चालन गर्दै आएको छ । बीबीएमा कलेजका विद्यार्थीहरु संचिता कोइराला, सार्थकता तोदि र निशा शेर्पा गरी ३ जना बिधार्थीहरूले गोल्ड मेडल प्राप्त गरिसकेको कलेजका प्राचार्य भुपेन्द्र न्यौपानेले जानकारी दिए ।
बीआइटीसहित विविएस र बीबीएको प्रवेश परीक्षा साउन ३० गते हुने जनाइएको छ ।