झापा । झापाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।
करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको बताइएको छ ।