इलाम । इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ।
फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार कट्टेलको शव फाकफोकथुम गाउँपालिकाको गोलाइ भन्ने स्थानमा आज फेला परेको हो। शव उत्खनन गर्ने कार्य भइरहेको बताइएको छ ।
शव उत्खनन गरेपछि कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ । प्रहरीले उनका श्रीमान् उमेश गिरीलाई नियन्त्रणमा लिएको छ।
देउमाई नगरपालिका जितपुर माइत भएकी कट्टेल गएको अवस्थमा यही चैत १ गतेदेखि बेपत्ता थिइन्। हराएपछि उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा उजुरी दिएका थिए।