‘ड्युटी’ गर्दागर्दै प्रहरी हवल्दार भट्टराईको निधन

न्युजलय ४ फाल्गुण २०८१, आइतबार ११:४० मा प्रकाशित

सोलुखुम्बु । ‘ड्युटी’ खटिरहेकै बेला एक प्रहरी हवल्दारको निधन भएको छ । अस्थायी प्रहरी चौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको आइतबार बिहान काममा खटिएकै बेला निधन भएको सोलुखुम्बु प्रहरीले जानकारी दिएको छ ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै निधन भएको हो । ्

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।