खोटाङ । खोटाङमा सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।
ना १ ज ६२१९ नम्बरको सुमो र बा ९३ प १९१३ नम्बरको मोटरसाइकल नुनथलाको पानीट्याङकी नजिक मंगलबार बिहान ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाबाट अर्खौले जाँदै गरेको मोटरसाइकल र बुइपाबाट दिक्तेल आउँदै गरेको सुमो ठोक्किदा मोटरसाइकल चालक मदन गिरी र उनका पछाडि बस्ने लक्ष्मीप्रसाद गिरी गम्भीर घाइते भएका हुन् ।
उनीहरूको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।