रामधुनी । रामधुनी वडा नं ५ को वडा कार्यालयले रामधुनीस्तरिय अन्तर वडा क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाका खेलाडीहरूलाई सम्मान गरेको छ। वडा नं. १ विरुद्ध ७ विकेटले विजय प्राप्त गरेको ५ नम्बर वडाको टिमलाइ्र्र वडाअध्यक्ष लेखनाथ बास्तोलाले सम्मान गरेका हुन् ।
उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले वडाले सम्मान गरेको बाँस्तोलाले बताए । खेलाडीहरूमा साइमन दाहाल, अमन कटवाल, अनुभव न्यौपाने, भुवन थापा, शिसिर भट्टराई, सन्जोग मल्लिक, आभास गेलाल, सेमनमतराज रेग्मी, गौरव चौधरी, राजेश थापा, अंकित गुरागाईं, निर्जल खतिवडा, भुपाल लुइटेल, सन्दिप कार्की, कृष शाह र प्रसान्त नेपाल छन् ।
जेठ २५ गतेबाट सुरु भई जेठ ३० गते सम्पन्न उक्त प्रतियोगितामा रामधुनी नगरपालिकाका ९ वटै वडाहरूले सहभागिता जनाएका थिए। फाइनल खेलमा वडा नं ५ ले ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि जितेको थियो ।
प्रथम हुँदै वडा नं ५ ले नगद २० हजार रुपैया पाएको थियो भने दोस्रो हुने वडा नं १ ले १० हजार रुपैया पाएको थियो । रामधुनी नगरपालिका हरेक वर्ष नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।