झापामा गाउँलेले रुखमा बाँधेका पुरुष मृत भेटिए

न्युजलय २२ साउन २०८२, बुधबार ०१:२७ मा प्रकाशित

विराटनगर । झापामा गाउँलेले रुखमा बाधेका पुरुष मृत भेटिएका छन् ।

मंगलबार राति झापा गाउँपालिका– १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् ।

अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान उनी बाँधेकै अवस्थामा मृत फेला परेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार राति छिमेकी महादेव टुडुको घर छेउ पुगेर काम्न थालेपछि महादेवसहित स्थानीयले  घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर छाडेका थिए । 

घटनापछि प्रहरीले अनुसन्धानका लागि  मृतकको छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही स्थानका ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखिराम टुडु, २१ वर्षीय लखिराम टुडुलाई पक्राउ गरेको छ । अन्य फरार छन् । फरारको पनि खोजी भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुमाथि प्रहरीले ज्यान मुद्दा चलाउने तयारी गरेको छ