गोली लागेर इटहरीमा दुई जनाको मृत्यु

न्युजलय २३ भदौ २०८२, सोमबार ०५:५५ मा प्रकाशित

इटहरी । इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जना युवाको मृत्यु भएको छ । 

मृतकहरुको पहिचान खुलेको छैन । गोली लागेर घाइते भएकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा चिकित्सकहरुले मृत घोषित गरेका हुन् ।

एक जनालाई इलाका प्रहरी कार्यालय अगाडी र अर्को एक जनालाई इटहरी चोकमा गोलि लागेको बताइएको छ । 

अन्य केही घाइते भएका छन् । प्रहरीहरु पनि घाइते भएको बताइएको छ । संख्या भने यकिन भइसकेको छैन ।