ढाका । बंगलादेशमा रहेको रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तीमा सात जनाको ज्यान गएको छ। स्थानीय पाठशालामा शुक्रबार आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउनुका साथै चक्कु प्रहार गरेका थिए ।
तीन हप्ता पहिले रोहिंग्या समुदायका एक नेताको उनकै कार्यालय अगाडि गोली हानी हत्या भएको थियो। त्यसयता म्यानमारबाट आएका ९ लाखभन्दा बढी रोहिंग्या शरणार्थीको बसोबास रहेको बंगलादेशी शिविर तनावपूर्ण अवस्थामा छ।
घटनालगत्तै एक आक्रमणकारीलाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।