सुनसरीमा गोली चल्यो, दुई जना घाइते

न्युजलय २ बैशाख २०८२, मङ्गलबार ०१:२६ मा प्रकाशित

इटहरी । सुनसरीमा गोली प्रहार भएको छ । सोमबार साँझ जिल्लाको देवानगञ्जमा अज्ञात समूहले गोली प्रहार गरेको हो ।

घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा देवानगञ्ज गाउँपालिका–२ का २४ वर्षीय रवीन्द्र यादव र वडा नं. १ का शिवुकुमार मेहता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यादवको अवस्था सामान्य छ भने मेहता गम्भीर घाइते भएका छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।