होटल तथा लज ब्यवसायी समिति इटहरीले गर्यो साधारण सभा

न्युजलय १९ माघ २०८१, शनिवार ०५:३८ मा प्रकाशित

इटहरी । होटल तथा लज व्यावसायी समिति इटहरीले २८ औं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम गरेको छ । 


कार्यक्रममा समितिका अध्यक्ष उमानाथ दाहालले प्रतिवेदन प्रस्तुत गर्दै वर्ष भरी गरिएका कार्यक्रमबारे जानकारी दिएका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक कृष्ण शाहले पर्यटन क्षेत्रको विकासमा होटल व्यवशायीहरुको भुमिका प्रमुख रहने बताएका थिए ।


रुपेश दाहालको संयोजनमा भएको कार्यक्रममा पर्यटन वर्ष २०८२ कोशी प्रदेशका सहसंयोजक भविषकुमार श्रेष्ठ, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी, स्थानिय भवन निर्माण ब्यवसायी संघका अध्यक्ष पुष्प नारायण चौधरी, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, समितिका संस्थापक अध्यक्ष मणिन्द्रबहादुर कटुवाल, होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष देवि गौतम, तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनाललगायतको उपस्थिती रहेको थियो ।