सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–१ मध्याहर्षाहीमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ५५ वर्षीया कल्सी मेहताको सर्पले टोकेर मृत्यु भएको हो। मंगलबार साँझ घाँस काट्न गएका बेला उनलाई सर्पले डसेको थियो।
घाइते अवस्थामा उनलाई तत्काल घरमा ल्याइए पनि समयमै उपचारका लागि अस्पताल लैजान नसकिँदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।