ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु

न्युजलय २२ असोज २०८२, बुधबार १२:५३ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–३, आङखोपस्थित सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार, थर्पुबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बोलेरो गाडी मंगलबार साँझ सडकबाट करिब २०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सिदिङवा गाउँपालिका–३, आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइते सबै सिदिङ्वा गाउँपालिकावासी हुन् ।

प्रहरीका अनुसार, लोकबहादुर चौहान र प्रकाश चौहान गम्भीर घाइते छन् ।