अति विपन्न र ज्येष्ठ नागरिकलाई न्यानो बाड्दै रामधुनी नगरपालिका

न्युजलय १६ माघ २०८१, बुधबार ०७:०७ मा प्रकाशित

रामधुनी । रामधुनी नगरपालिकाले वडाका अति‌ बिपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण अभियान थालेको छ । 

नगरपालिकाले‌ घर घरै पुगेर अति विपन्न ज्येष्ठ नागरिकलाई फाइबरको सिरक बितरण गरेको हो । 

 ६ नम्बर वडाबाट सुरू गरेको न्यानो कपडा वितरण अन्तर्गत १,२,३,६,७,८ र ९ मा बितरण भैसकेको छ भने अब ४ र ५ वडामा बितरण गर्न बाँकि रहेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मोनाश्री आचार्यले जानकारी दिएकी छन् । प्रत्येक वडामा ३० जनाको दरले ९ वडामै कपडा वितरण गरिने छ । 

नगरप्रमुख शंकरलाल चौधरीले विपन्न तथा ज्येष्ठ नागरिकको लागि आफूहरुले विभिन्न कार्यक्रमहरू गरिरहेको बताए । थप सहयोगका लागि संबद्ध सबै संघसंस्था हरुलाई समेत आह्वान गरे ।

नगरवासी ज्येष्ठ नागरिकले न्यानो कपडा पाएकोमा खुसी व्यक्त गरेका थिए ।