इलाम । कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ४५ बर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलाम सन्दकपुर गाउँपालिका –५ बस्ने ७६ वर्षीय तीलबहादुर गुरुङ रहेका छन् । उनलाई हिजो पक्राउ गरिएको हो ।
इलाम जिल्ला अदालतबाट २०३८ साल जेठ १२ गतेको फैसलाले कर्तव्य ज्यान कसूरमा उनलाई १० वर्ष कैद सजाय तोकिएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष टोलीले सन्दकपुर गाउँपालिका –।५ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी जिल्ला कारागार इलाम पठाइएको प्रहरीले जनाएको छ ।